राप्रपा झापामा पहिरो: जसको लागि बिद्रोहको खाडल खने उसैले साथ छोडेपछि लिङ्देन तनावमा

झापा/ एकता सङ्गै विवादको भुमरीमा रुमलिरहेको रास्ट्रीय प्रजातन्त्र पार्टीमा एकता पछि दिनानुदिन पहिरो गइरहेको छ। राप्रपा संस्थापक अध्यक्ष एबं पुर्वप्रधानमन्त्री सुर्य बहादुर थापाका छोरा पुर्वमन्त्री सुनिल थापा काङ्ग्रेस प्रवेश गरे सङ्गै पार्टी परित्याग वा परिवर्तन गर्नेहरू को लहर नै चलेको देखिन्छ।

राप्रपाका एक मात्रै प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा पनि ठूलो पहिरो गएको छ। राप्रपा निकट रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय महासचिव रबिन्द्र ढुंगाना, बिदेश बिभाग का प्रमुख किरण भण्डारी लगायत लगायत दर्जनौं युवाहरूले राप्रपा परित्याग गरि औपचारिक रुपमा नेपाली काङ्ग्रेस प्रवेश गरेका छन। आज औपचारिक कार्यक्रम गरि काङ्ग्रेस नेता कृष्ण प्रसाद सिटौला ले काङ्ग्रेस प्रवेश गराएका हुन।

नेकपाको बुइ चढेर कृष्ण प्रसाद सिटौलालाई पराजित गर्दै प्रतिनिधिसभा सांसद बन्न सफल राजेन्द्र लिङ्देनलाई ठूलो धक्का लागेको छ। अघिल्लो वर्ष काठमाडौमा भएको राप्रपा निकट विद्यार्थी संगठन राप्रबिसंको रास्ट्रीय भेलामा सर्वसम्मतिले पारीत बिधान बिपरित भोलिपल्टै सांसद लिङ्देनले एक जना महासचिबको पद थपेर रबिन्द्र ढुंगानालाई महासचिव बनाएपछि विवादले उग्र रुप लिएको थियो। सांसद लिङ्देन भर्खरै चुनाव जितेर आएकाले कमल थापा समेत उनको क्रीयाकलापमा बाधक बनेनन। अन्ततः रास्ट्रीय भेला आयोजक समितिका सदस्य सचिब सौरभ भण्डारी एबं प्रभावशाली विद्यार्थी नेता सन्तोष राजावादीले राप्रपा नेतृत्वले प्रजातन्त्रको नाममा प्रजातान्त्रिक पद्धति माथी बलात्कार गरेको र अब राप्रपा बाट पनि परिवर्तन हुन नसक्ने भन्दै बिद्रोह गरेर वीर गोर्खाली अभियान संचालन गर्दै देशभर संगठन निर्माणलाई द्रुत बनाइरहेको छ। राप्रपा भित्र उग्र राजावादीको बिल्ला भिराइएका सौरभ भण्डारी र सन्तोष राजावादीलाई हिन्दुरास्ट्रको भन्दा राजसंस्थाको मुद्दा लाई प्राथमिकतामा राख्नुपर्ने खुल्ला धारण बोकेर हिडेको कारण सांसद लिङ्देनले विद्यार्थी नेतृत्व अस्विकार गर्दै आएका थिए।

सांसद लिङ्देनको जोडबलमा महासचिव बनेका रबिन्द्र ढुंगानाले दलबल सहित काङ्ग्रेस प्रवेश गरेपछि आगामी निर्वाचनमा सिटौला हाबी हुने अनुमान गर्न थालिएको छ। उता राप्रपा नेतृत्व सङ्ग बिद्रोह गरेर सुरु गरेको वीर गोर्खाली अभियानले अकल्पनीय ढंगबाट संगठन र कार्यक्रम गर्न थालेपछि राप्रपामा भन्दा युवाहरू वीर गोर्खाली अभियानमा संगठीत हुनथालेको राप्रपाका एक नेताले रातोपाटी मिडियालाई जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here