असुरक्षित हुँदै राजधानी : बा ३ ख ८१९४ नम्बर प्लेट भएको मिनिटिपर खरिबोट बाट चोरी

काठमाडौं । बुुधबार राती  काठमाडौंको खरिबोट बाट बा.३ ख ८१९४ नम्बरको मिनिटिपर चोरी भएको छ ।  राती खरिबोट चोकमा रोकिराखेको ट्रक केही समय भित्रै त्यहाँ बाट हराएको थियो। खरिबोट चोकमा चाबी लगाएको र लक गरेर राखेको अबस्थामा मिनि टिपर राती करिब १२:०० बजे भित्र चोरी भएको हो । उक्त मिनिटिपर बालकुमारी घर भएका राम लक्ष्मणको नाम मा रहेको छ।

चोरी भएको मिनिटिपरको अहिले प्रहरीले खोजतलास अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ । देशको सबैभन्दा सुरक्षित मानिएको राजधानी नै असुरक्षित हुँदै जाँदा राजधानी काठमाडौं मै सवारी चोरीको घट्ना बढ्दो छ।

राजधानीमा सवारी साधन चोरीको घटना बढ्दै जाँदा प्रहरी लाई समेत  चुनौतीको बढेको छ । तर चोरी भएको सवारी र चोरी गर्ने ब्यक्तिलाई  प्रहरीले  लगभग शतप्रतिशत पक्राउ गर्न सफल हुँदै आएको छ । तर पनि सवारी चोरिको घटनामा भने कमि आएको छैन् ।

चोरी भएको सवारी : मिनिटिपर ( बा.३.ख ८१९४)
चोरी भएको स्थान: खरिबोट(बालकुमारी) काठमाडौं
सवारी धनी : रामकुमार श्रेष्ठ :९८५१०३९९१३
रत्नकाजी श्रेष्ठ : ९८४१२०९२७३
लक्ष्मण श्रेष्ठ : ९८५१०५३६४६

यदि कहिँ कतै बा.३ ख ८१९४ नम्बर प्लेट भएको मिनि टिपर देख्नुभएमा वा भेट्नुभएमा नजिकैको प्रहरी कार्यालय / वा १०० नम्बर मा सम्पर्क गरिदिनुहुन अनुरोध छ।  साथै माथीको मोबाइल नम्बरमा सम्पर्क गर्न हार्दिक अनुरोध – लक्ष्मण श्रेष्ठ

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here