राजसंस्था पुनःस्थापना नभए देशको अस्तित्व संकटमा-सन्तोष राजावादि

श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको दिब्य उपदेश “नेपाल चार बर्ण छत्तिस जातको साझा फुलबारी हो”यसै भनाइ लाई आधार मान्दै यस देशका सम्पूर्ण नेपालिहरु एक-आपसमा पारिवारिक मित्रता कायम गर्दै बसेका थियौ। जात-जातिको आधारमा संबैधानिक रुपमा कुनै पनि किसिमको भेदभाब थिएन।देशमा राष्ट्रिय एकता,अखण्डता र धार्मिक सहिष्णुता थियो । शाह वंशहरुले एकता गरेको देश नेपालमा शाहवंश राजा र जनता बिचको सम्बन्ध नङ र मासु जस्तो थियो। राजा र जनता बिचको सम्बन्ध खलबल पारी प्राण भन्दा प्यारो देश नेपालको अस्तित्व समाप्त पार्न गणतन्त्र भित्र्याउन र कृश्चिनिटिहरु बढाउन,देशमा अस्थिरता शृजना गरि देश नै समाप्त पार्ने खेल बिदेशी शक्तिहरुले केही कुपुत्र नेपालीहरुको अाँडमा लामो समय देखि प्रयास गर्दै आएका थिए त्यस अन्तर्गत २०५२ सालमा कथित माओवादी जन्माए र दरबार हत्याकाण्ड घटाउन सफल भए।                                                                                                                                           त्यसपछी ६२/६३ मा कथित जन-आन्दोलन गराउको लागि नेपाल रास्ट्रको अखण्डता सार्वभम् सत्ता र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यका साथ श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेब राजा द्वारा शाही घोषणा पत्र जारी गरिबक्स्यो जसमा कथित राजनितिक दलहरुको उग्र देशद्रोही प्रबृत्ति र आवाजहरुलाई बन्द गर्ने काम गरियो। जसलाई कथित राजनिती दलहरुबाट जनताको मौलिक हक-अधिकार खोसिएको भनी जन मानसहरुमा शाही घोषणा पत्रको गलत प्रचार-प्रसार गर्ने काम गरियो। जसको फलस्वरूप राजसंस्थालाई पाखा लगाउने काम गरे,गणतन्त्र भित्र्याइयो।बिश्वको एक मात्र हिन्दु अधिराज्य भनेर चिनिने देश नेपाल त्यो पनि रातारात फालेर धर्म निरपेक्ष बनाए।

नेपालमा राजसंस्था,हिन्दु अधिराज्य सखाप पारि गणतन्त्र भित्र्याउन र किश्चिनिटी बढाउन,जनयुद्ध लडाउने बिदेशी शक्तिहरुको रणनिती रहेता पनि बिशेष गरि उनिहरुको सोच भनेको हतियार बेच्ने थियो र आज पनि नेपालमा जातिय हिंसा र धार्मिक द्वन्दको शृजना गरेर पुनः हतियार बेच्ने योजना बनाउदैछन।त्यसैले हामी सबै बेलैमा सचेत हुन जरुरी छ यदि यसो गर्ने सकेनौ भने न नेपाल रहन्छ न त नेपाली नै।तसर्थ नेपाल र नेपालीको बारेमा सोचौ क्षणिक स्वार्थ लोभ-लालचको पछि नलागौ। ६२/६३ भन्दा पहिले कोहि मङ्गोलियन थिएनन ।                                                                                                                                                                आदिवासी जनजाती भनिन्थ्यो,कोहि मधेसी थिएनन तराइ बासी भनिथ्यो,न त कोहि-कसैलाई दलित भनेर नै संबैधानिक रुपमा किटान गरिएको थियो।यो त माओवादी जन-आन्दोलन र २०७२ सालको संविधानमा नै संबैधानिक रुपमा किटान गरिएको छुवाछुत र भेदभाब पुर्ण मनोदशा हो!जसले हाम्रो अस्थित्व माथिनै प्रश्न चिन्न खडा गर्ने छ ख्याल गरौ चिन्तन मनन गरौ।

बाहुनहरु सनातन धर्म संस्कृती मास्न सक्रिय हुँदै गर्दा जनजाती आदिवासीहरु भने जोगाउन लागि परिराखेका छ्न जस्तै बालाराम घर्ती मगर,बुद्दिमान तामाङ्ग,राजेन्द्र लिङ्गेन रामु राई आदि। म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु र साथै के पनि भन्न चाहन्छु भने हिजोको दिनमा बुद्द, किरात,प्राकृतिक धर्म मान्ने के कति थिए?आजका दिनमा के कति छन? यस बाट यो प्रष्ट हुन्छ कि अधिकांश रुपमा धर्म परिवर्तनको सिकार बुद्द, किरात धर्म मान्नेहरु छन।                                                                                                                                                       तसर्थ सबै भन्दा पहिले आफ्नो धर्म संस्कृती जोगाउन तिर ध्यान दिन जरुरी छ।माओवादी आन्दोलनका नाइके प्रचण्ड बाबुरामले रोपेको देशद्रोही बीउ आज फुलेर फल्दैछ।बाबुराम प्रम भएको बेला राष्ट्रिय पोषक दौरा-शुरुवाल हटाउन सफल भएका थिए।नेपाल भन्ने देश नै खारेज गर्नुपर्छ भन्ने उहाँ कि श्रीमती हुन,यस देशको झण्डा फेर्नुपर्छ भन्ने पनि उहाँ नै हो,उहाहरुले सिकाउनु भएको पाठ र संकारको उपजले आज देशको झण्डा जलेको छ!आङ्काजी शेर्पा जस्ता ब्यक्ति संरक्षणमा उत्रिएका छन् ।                                                                                                                                   माओवादी आन्दोलनका नाइकेहरुको सुरक्षाको लागि खटिएका अधिकांश लडाकुहरु खाडि मुलुकहरुमा रगत पसिना बेच्न बाध्य छन। प्रचण्ड बाबुरामको लागि मोर्न मार्न तयार नेपाली जनताले के पाए खाडिको गर्मी!तर नाइके र उनका आसेपासे हरुले सबथोक पाए।लाग्छ यो १२ बर्ष जनयुद्द यसैको लागी लडाँइएको रहेछ। सबैले बुझ्दैछन त्यसैले त कहिले थप्पड हान्दैछ्न त कहिले जुत्ताले प्रहार हान्दैछन यस्तै प्रवृत्ति हो भने आफ्नै पूर्ब लडाकु कार्यक्रताहरुले आत्मघाती बम हानेर यिनिहरुको हत्या नगर्लान भन्न सकिन्न।                                                                                                                                      हजारौ शाही नेपाली सेनाको घेरामा रहेको राज- परिवारको वंशनाश भएको देश,मदन भण्डारीको हत्या भएको देश,राजपरिवारले न्याय नपाएको देश,धार्मिक गुरु पण्डित नारायण पोखरेलको हत्या भएको देश,पत्रकार प्रेम बानियाँले काम गर्ने बाताबरण नभएर बिदेशिनु परेको देश,निर्मला पन्तले न्याय नपाएको देश,पत्रकार रबि लामिछालाई सुनियोजित तरिकाले फसाइएको देश,डिआइजी नवराज सिलवाल कानुनी प्रकृया अनुसार बढुवा नपाएको देश,सुशिला कार्की माथी महा- अभियोग लागेको देश त्यस्तै लोकमान सिंह कार्की माथी महा- अभियोग लागेको देश,सच्चा रास्ट्रप्रति इमान्दार कर्मचारी प्रेम सन्जेलले कार्यकक्ष मै कुटाई खाएको देश,मठ-मन्दिरहरुको पुजारीहरुको हत्या भएको देश,मेडिकल माफिया संग गोबिन्द केसि एक्लै लड्नु भिड्नु परेको देश,”यहाँ जस्ले गर्छ भलाई उसैको हातमा झोसिन्छ सलाई” भनेको यहि हो।                                                                                                                         त्यस्तै बिश्वको एक मात्र हिन्दु अधिराज्य नेपाल फाल्न हरियो डलरमा बिकि हिन्दु धर्मालम्बी ब्राह्मणहरु नै लागेको देश,जस्तै रामचन्द्र पौडेल,कृष्ण सिटौला,उहाँहरु लाई त त्यसको फल चुनाबमा जनताले दिए त्यस्तै सनातन धर्म बिरोधीहरु बाबुराम भट्टराइ, गगन थापा,रबिन्द्र मिश्र आदि।

कोशी सम्झौता गर्ने मातृका प्र.कोइराला,गण्डकी सम्झौता गर्ने बिशेस्वर प्र.कोइराला,टनकपूर सम्झौता गर्ने गिरिजा प्र.कोइराला,महाकाली सम्झौता गर्ने शेर बहादुर देउवा,केपि ओलि,माधब नेपाल,पशुपती शम्सेर जबरा,प्रकाश चन्द्र लोहनी मिलेर भारतलाई कोशि जिम्मा लगाए,त्यस्तै राजतन्त्र, हिन्दु अधिराज्य फाल्दा र देशलाइ संघीयताको ढाँचामा परिणत गर्दा नेपालको कुपुत्र सन्तानहरुले अरबौ खरबौ खाए।                                                                                                         बेलैमा यस्ता डाँका फटाहा देशद्रोही अपराधी अंगिकृतहरुलाई सत्ता संचालनको सदस्य हुन पाउने कानुन तत्काल खारेज गरि अबैध तरिकाले आय आर्जन गरेकाहरुको सम्पत्ति राष्ट्रियकरण गरि जेलमा कोच्न सकेनौ भने देशको अस्तित्व बचाउन सकिन्न।अन्त्यमा देशप्रती बफादार हुने ब्यक्ती जुन कुनै बेलामा पनि मर्न तयार हुनुपर्दछ स्व:राजा बिरेन्द्र,त्यसैले हामी देश र श्रीपेच जोगाउन जुन कुनै मूल्य चुकाउन पनि पछि हट्नु हुदैन।

वीर गोर्खाली अभियन्ता ATF संयोजक
-सन्तोष राजावादी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here