देश बचाउन राजालाई हार गुहार गरेका हौं-वीर गोर्खाली

देश र जनता आफ्नो पैत्रिक सम्पती जस्तो सोच्ने असल इमान्दार राजालाई, गुण्डाको हजुरबाऊ डनको बाऊ बिगेस्ट ग्याङस्टार(नेता भनौदा)हरुले बिदेशिको इशारामा नाँचेर लहै-लहैमा लागेर नेपाल र नेपाली जनता प्रती गद्दार गर्ने नेता भनौदाहरु एकजुट भएर आमसभा गर्दै राजालाई इंगित गर्दै फलानो देश र जनताको हक-हित र भलाइको बारेमा नसोच्ने चोर,फटाहा डाँका हो आदि इत्यादी भन्दै सोझा-साझा जनता लाई सुनाउदै राजगद्दिमा राख्नुहुदैन देश बिगार्छ जनता मार्छ, हामी बेलैमा सजक र सतर्क भएनौ भने न नेपाल रहन्छ न त नेपाली नै,राजालाई भगवान् सरह मान्ने मन-मुटुमा सजाएर राखेका त्यहा उपस्थित आम सोझा-साझा असल इमान्दार जनताहरु खुशी हुँदै पररर ताली पिटे त्यसदिन देखि त्यो कुरा देशभर फिजियो नभन्दै राजालाई एक्लो बनाए र राजालाई बनबास जान बाध्य तुल्याए। र आफ्नो घर जलाएर खरानी बनाउन सफल भए।

हामिलाई कसैले काटेर फाले भने पनि हाम्रा रगतका सिर्का,मासुका चोक्टा र हड्डीहरूले राजा,राजा र राजा नै भनिरहेका हुनेछन्। किनकि हाम्रो शरिरको नशाको कण-कणमा राजसंस्थाको रगत बगेको छ। हामी पढेको कुरा बिर्सन सक्छौ तर बुबा-आमाले सिकाउनु भएको पाठ र उहाँहरुबाट पाएको संस्कार कदापि बिर्सन भुल्न सक्दैनौ। राजा रहे देश रहन्छ राजा नरहे देश रहन्न मात्र त्यति बुझेका छौ ।

हामि त्यही स्तरको राजावादी हौ। एक रुपियाँ न दरबारबाट न त कहि-कतैबाट नै लिएर अभियान चलाएको खाएको छौ, त्यस्तो फेला पार्नु देख्नु भयो भने भौतिक कारबाही भोग्न तयार छौ, टुँडिखेलमा लखेर फाँसी दिन सक्नुहुनेछ। अझ भन्ने हो भने दरबार के-कस्तो हुन्छ चिनेको पनि छैनौ। न त संचालित हौ न त परिचालित नै हौ। हामी आफैले हातेमालो गरेर एक अभियन्ताबाट एक-एक हजार उठाएर चलाइ राखेको छौ, हामिलाई हाम्रो आफन्त साथिभाइ शुभ-चिन्तकहरुले राष्ट्रिय झण्डा दिएर सहयोग गर्नुहुन्छ र हामिले चालेको कदम राजा-रानी तस्बिर अंकित टि-सर्ट बितरण,अन्तर्गत टि-सर्ट बनाइदिनु हुन्छ त्यो टि-सर्ट कार्यक्रम आन्दोलनमा विभिन्न जिल्ला-जिल्लामा बितरण गरेका छौ ।

पद खानका लागि सेवा सुबिधा लिनको लागि हामिले राजा मागेको र खोजेको होइनौ। केबल देश बचाउनका लागि हामीले राजालाई हार गुहार गरेको हौ ! अन्धी आमालाई छोरा-छोरिको अनुहार के थाहा भने झै यी गणतन्त्रबादी नेता भनौदा बिदेशीका खेतालाहरुलाई नेपाल र नेपालीहरुको न चिन्ता छ न त माया नै छ ।  यिनिहरुले देशको भु-भाग,खोला- नाला बेच्ने,धर्म बेच्ने,जनता मार्ने,भ्रष्टाचार गर्ने,अपराधीक गैह्रकानिनु गतिबिधी कृयाकलाप गर्नेहरुलाई संरक्षण गर्ने बाहेक अरु केही गरेनन्। हामी आफ्नो खाएर देश र जनताको बारेमा सोच्ने राजसंस्था राजाको वकालत गर्दैछौ। नेता भनौदाहरुको चाकरी चाप्लुसी गरेर उनिहरुको खाएर उनिहरुको पार्टी र उनिहरुको गुनगान गाउन हाम्रो स्वाभिमानले दिएन गुलामी गर्न पल्केका हरुलाई के थाहा स्वाभिमानी हुनुको अर्थ !
बिचार/वीर गोर्खाली अभियन्ता ATF संयोजक/-संतोष राजावादी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here