प्रहरी वृत बालाजुका प्रहरी निरीक्षकलाई कोरोना संक्रमण

काठमाडौं । महानगरीय प्रहरी वृत बालाजुमा कार्यरत एक प्रहरी निरीक्षकलाइ कोरोना  संक्रमण भएको छ।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि उहाँलाई हलचोकस्थित एपीएफ अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

लकडाउन शुरु भएपछि उहाँ काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री छैन् । संक्रमितसँगको कन्ट्याक पनि देखिएको छैन् ।

कार्यालयमै काम गरिरहनुभएका उहाँमा कोरोना देखिएपछि वृत सिल गरेर सबैको पीसीआर जाँच गर्ने तयारी भइरहेको महानगरीय प्रहरी कार्यालयका एक उच्च अधिकृतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here