जाजरकोटमा भीषण प’हिरो : ९ जनाको श’व भेटियो, ६ बे’पत्ता, दुई सय परिवारले घर छाडे !

२८ असार, सुर्खेत । जाजरकोटमा पहिरोमा परी बे’पत्ता भएका ८ जना मध्ये शनिबार दुई जनाको श’व भेटिएको छ । योसँगै मृ’त्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै बे’पत्ता छन् । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बे’पत्तामध्ये ७ जनाको श’व शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो । शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको श’व शुक्रवार नै भेटिएको थियो । बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बे’पत्ता भएका थिए ।

शुक्रबार नै स्थानीय खोलामा ब’गेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् । सोही दिन खहरे खोलामा ब’गेका जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बे’पत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी तीन जना ग’म्भीर घा’इते भएका छन् । घा’इते भएका बारेकोट–४ का लालबहादुर नेपाली, बारेकोट–६ का रामचन्द्र चलाउने र विज्ञान बोहरालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । बरेकोटमा आइतबार बिहान सम्मा पनि वर्षा रोकिएको छैन । जसले गर्दा बे’पत्ताको खोजी गर्न क’ठिनाइ भइरहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५० जना अधिकारी बे’पत्ताको खोजीमा जुटेका छन् भने झण्डै डेढ सय जना जनप्रतिनिधि र स्थानीय उद्दारमा खटिएको डीएसपी श्रेष्ठले बताए ।

बाढीपहिरोका कारण बारेकोट गाउँपालिका ४ का झण्डै दुई सय परिवारले घर छोडेका छन् । सार्की टोलमा पहिरो गएपछि आसपासका दुई सय परिवारले घर छोडेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here