सोच्ने र हेर्ने दृष्टिकोणहरुलाई बदलौं, आफैभित्र प्रश्न गर्न सिकौं ! माटोको स्कूलिङ्ग

बिचार/सनत जंग गिरि

यन्त्रमानव (ईन्डियन रोबर्ट), भेडाबाद, झोलेबाद (एमाले काङ्ग्रेस)को दिमागमा इन्डियाले छेडेर घुसारेको इलेक्ट्रोनिक चिप्स आइ. सि (Intregrated circuit) नियतिबाट स्व-विवेकि मान्छे बन्ने कोशिस गरौं !कालो गणतन्त्रको ३० बर्ष नेपाल खाने योजनाले हुँदैन, ६६५० बर्ष नेपालमा राज गर्ने राजतन्त्र योजनामा राज गरौं ।

ऊर्जावान् नेपालीहरुलाई विदेश लखेट्ने विदेशी योजनामा यीनीहरुले महेन्द्र सरकारद्वारा देश र जनताका लागी स्थापित् सयौं उद्योगका ईञ्जिनहरुमा ‘बालुवा र चिनी’ हालेर बेचि खाए– हामीले नवउदारवाद जिन्दावाद भन्यौं , संसदवादी–माओवादी गुण्डाहरुलाई दुईतिर राखेर विदेशीहरुले १० बर्ष रगतको खेल खेले– हामीले राजनीतिक क्रान्ति भन्यौं , मदन भण्डारीलाई मारेर त्रिसूलीमा फाल्ने अपराधिहरुको खोजिलाई यीनीहरुले आयोग बनाएरै तुहाए– हामी पार्टी अनुशासन भनेर बोलेनौं , विदेशी योजनामा मारिएका राष्ट्रप्रमूख राजा वीरेन्द्रको हत्यामा यीनीहरुले संसदमा शोक प्रस्तावसम्म ल्याएनन्– हामीले प्रजातन्त्र प्रतीको निष्ठा ठान्यौं !

१० बर्ष रगतका ब्यापारीका रुपमा खटाईएकाहरु विदेशीले लेखेर दिएको १२ बुदे चिर्कट्टोमा मिलाईए– हाम्रा लागि अभूतपूर्व एकता , संसदको पुनर्स्थापना हुनासाथ लाखौं इण्डियनहरुलाई नागरीकता दिन ऐन ल्याईयो– हाम्रा लागि समस्याको समाधान !

नागरीकहरुको सुझाव रद्दीको टोकरीमा फ्याँकेर विदेशीले लेखेर ‘पठाएको’ संविधान वाचन गरियो– हाम्रा लागि जनताले बनाएको संविधान ! बैंकक र सिंगापुरमा विदेशी जासुससंग सल्लाह गरेर गुण्डाहरुको काठमाडौंमा बैठक हुन्छ– हाम्रा लागि दलिय राजनीतिक सहमति ! देश लुटेर, नागरिक चुसेर नाङ्गो रुपमा धनाढ्य अरबपतिको जिन्दगि बाँचिरहेका छन्– हाम्रा लागि सर्बहारा मजदुरनायक !

कहिले जातीय राज्य , कहिले ईन्डियनलाई नागरीकता , कहिले तिब्बतिहरुलाई परिचयपत्र ,कहिले न्यायाधीश त कहिले अपराधीको ६६% सजाय मिनाहा , कहिले अमेरिकी सेना हुल्ने Mcc त कहिले सिण्डिकेट र दल फुटाउने , काण्डै काण्ड- हल्लै हल्ला मात्र, देश दुनियाँ र जनता तर्फ ध्यानै छैन । एकपछि अर्को समस्याको चाङ । पहिलो समस्याको गर्भमा नयाँ समस्याको पूनर्उत्पादन समस्याका जड्हरुप्रति मौनता, बाहिर सुधारको नक्कलि आवरण तर सबैकाे नतिजा शून्य , यन्त्र मानवका रुपमा हामीलाई यो विदेशी दुश्चक्रमा, कति दिन प्रयोग हुने ईच्छा छ ?? देख्दै आएका घटनाहरुका बारेमा सबैले आफैसंग प्रश्न गर्न सिकौं ! किड्निले होइन दिमाकले सोंच्ने र हेर्ने दृष्टिकोणहरु बदलौं । कमसेकम ‘म सोंच्न सक्ने मानिस हुँ’ भन्ने तथ्यमा विश्वास गर्न सिकौं ।

माटोको स्कूलिङ् !
राष्ट्र भन्दा माथि कोहि छैन

देशको जरोकिलो !
राष्ट्रकोलागि राजसंस्था                                              – सनत जंग गिरि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here