पीएसजी बन्यो फ्रेन्च लिग वान च्याम्पियन

बिश्व खेलकुद  समाचार International News

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण स्थगित रहेको फ्रेन्च लिग वानको यस सिजन बाँकी खेल नहुने भएपछि शीर्ष स्थानको पिएसजीलाई च्याम्पियन घोषणा गरिएको हो ।

केही दिनअघि फ्रान्स सरकारले लिग वान यस सिजन गर्न नसकिने जनाएको थियो । मार्च १३ मा लिग स्थगित हुनुअघि पिएसजी दोस्रो स्थानको मार्सेलाई १२ अंकले पछि पार्दै शीर्ष स्थानमा थियो ।

लिग वानबाट अन्तिम दुईमा रहेका अमिन्स र टुलुज लिग टु मा घटुवा भएको छ ।

यस्तै लिग टु मा शीर्ष स्थानमा रहेको लोरिएन्स च्याम्पियन बनेको छ । लोरिएन्टसंगै लेन्स लिग टु बाट लिग वानमा बढुवा भएका छन् ।

फ्रेन्च लिग (एलएफपीका) चिफ एक्जुकेटिभ डिडियर क्विलोटले यस बारेमा केही अपिल हुनसक्ने तर निर्णय ठीक भएको बताएका छन् ।

अर्को सिजन युरोपियन लिगमा खेल्ने टिमको बारेमा भने निर्णय भएको छैन ।

 

थप समाचार

बिश्वका आधा कामदारको रोजगारी संकटमा 

संयुक्त राष्ट्रसंघ । अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ ।

यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांक अनुसार उनीहरूले अहिले नै बेरोजगारीको सङ्कट भोगिसकेका छन् ।

विश्वभरी महामारीको रुपमा कोरोना सङ्क्रमण फैलिएपछि अनौपचारिक क्षेत्रका मजदुरहरू मर्कामा परेका हुन् ।

अनौपचारिक क्षेत्र अन्तर्गत पर्ने उत्पादन व्यापार लगायतका क्षेत्रमा काम गर्ने कामदारहरु ‘गम्भीर सङ्कट’मा परेको सङ्गठनले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण विश्वभरी फैलिएपछि सङ्गठनले विश्वभरी गरेको सर्वेक्षणको बुधबार सार्वजनिक भएको तेस्रो संस्करणमा यस्तो विवरण प्रस्तुत गरेको हो ।

विश्वभरी झण्डै तीन अरब तीन करोड कामदार भएको जनाइएको छ । ती मध्ये दुई अरबले औपचारिक क्षेत्रमा काम गर्ने गरेका छन् भने बाँकी अनौपचारिक क्षेत्रमा कार्यरत कामदारको रुपमा रहेका छन् ।

कोरोनाका कारण सङ्कटमा परेकाहरू अधिकांश शारिरीक श्रम गर्नेहरु रहेको अध्ययनबाट देखिएको छ ।

उनीहरूले आम्दानी गुमाएकाले जीवन धान्न पनि समस्या हुने गरेको पाइएको र यसले उनीहरुलाई ठूलो घाटा भएको जनाइएको छ ।

कोरोना फैलिने डरले लकडाउनको घोषणा गरिएको ठाउँमा मजदुरहरुलाई बढी समस्या परेको छ । त्यसको तुलनामा लकडाउन नभएका ठाउँमा असर कम परेको छ ।

त्यसैगरी प्रभावित भएकामध्ये अफ्रिका र अमेरिकामा ८० प्रतिशत, युरोप र मध्य एसियामा ७० प्रतिशत र एसियामा २१.६ प्रतिशत कामदारहरूले मात्रै काम गरेका छन् ।

– रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here