विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा पनि छलफल गर्ने बताएका छन् ।
उनले भने, हामीले आजभन्दा तीन महिना अघिमात्र यस्तै आकस्मिक बैठक बसेर यो भाइरसको प्रकोपलाई महामारीका रुपमा लिनुपर्ने भनी व्याख्या गरेका थियौँ र बिहीबार बस्ने बैठकबाट पनि यस विषयमा थप छलफल हुने छ ।’

महानिर्देशक टेड्रोसले यो जानकारी ‘भर्चुअल ब्रिफिङ’बाट दिएका हुन् । यस आकस्मिक बैठक पनि भर्चुअल स्वरुपमा नै हुने भएको छ ।
यस बीचमा कोविडको केही औषधिका बारेमा पनि कुराकानी हुने बताइएको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरुले पनि कोविडको औषधि पत्ता लगाउने विषयमा अनुसन्धान गरिरहेको भनिएको भए पनि कुनै ठोस प्रगति भने हुन सकेको छैन ।

गत मार्च ११ मा विश्व स्वास्थ्य संगठनले कोविडलाई एक विश्वव्यापी महामारीका रुपमा व्याख्या गरेको थियो । त्यसपछि मात्र विश्वका देशहरुले यस महामारीको संकटका बारेमा रोकथामका मापदण्डहरु अपनाउन थालेका थिए ।

यस महामारीको पछिल्लो तथ्यांकअनुसार हाल यस महामारीबाट विश्वभरमा ३२ लाख भन्दा बढी   संक्रमित रहेका छन् भने २ लाख २८ हजार भन्दा बढीको ज्यान गएको छ । –एएनआई

थप समाचार

१८ वैशाख, रामेछाप । विश्वभरि फैलिएको कोरोनाको संक्रमण रोकथामका लागि रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्नसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा नल्याउने, जिल्ला बाहिरबाट मानिसहरुको प्रवेशलाई पूर्णरुपमा रोक लगाउनेसमेत निर्णय भएको छ ।

बैठकमा प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठले भारतसँग सिमाना जोडिएका जिल्लाका मानिसहरु तथा अन्य सामग्रीसमेत जिल्ला प्रवेशमा बन्देज गर्नुपर्ने बताए ।

बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले नेपालमा कोरोना संक्रमण फैलियो भने धान्नै नसकिने भन्दै लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्ने बताए ।

जिल्लाका सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु सहभागी रहेको बैठकमा पालिका प्रमुख तथा अध्यक्षहरुले स्थानीय प्रशासनले अझ समन्वयकारी भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here