राष्ट्रको सिमा अतिक्रमण कदापी स्विकार्य हुन सक्दैन: राप्रविसं अध्यक्ष सिंह

काठमाडौँ । भारत सरकारले लिपुलेकसम्म बाटो बनाएर यातायात खोलेको विषय प्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंहले आपत्ति जनाएका छन् ।

अध्यक्ष सिंहले, सामाजिक संजालमा टिप्पणी गर्दै नेपाली भूभागमा रहेका भारतीय सेना फिर्ता गर्नुपर्ने अवस्थामा सम्पुर्ण नेपालीहरुको बिरोधका बाबजुद पनि नेपालको भुमी लिपुलेक सम्म बाटोको भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गर्नु नेपालकाे सार्वभौम अस्मितामाथि नाङ्गाे हस्तक्षेप भयकाे बताएका छन।

उनले सामाजिक संजालमा भनेका छन् – ‘नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक भारतीय सेनाले फिर्ता गर्नु पर्ने अवस्थामा नेपाली जनताकाे बारम्बारकाे बिराेधका बाबजुद उल्टै लिपुलेकसम्म बाटो बनाई मानसरोवर जाने तथा यातायातको निम्ति चिन संग सिधै बाटाे जाेड्ने नाममा अाज भारतिय रक्षा मन्त्री राजनाथ सिंहले भिडियाे कन्फ्रेन्स मार्फत उद्घाटन गरेकाे खबरले अाम नेपालिकाे भावनामा गम्भीर चाेट पुगेकाे छ। नेपालकाे सार्वभौम अस्मितामाथि नाङ्गाे हस्तक्षेप भयकाे छ। स्वाभिमानि नेपालिकाे लागि याे भन्दा ठुलाे दु:खद अरु केही हुन सक्दैन , एउटा सार्वभौम राष्ट्र को सिमा अतिक्रमण हुदा कदापि स्वीकार्य हुनसक्दैन । यस बिषयमा नेपाल सरकारले कुटनैतिक माध्यमबाट चाँडो भन्दा चाँडो पहल थालोस । मिचिएको नेपाली भुमि अबिलम्ब फिर्ता गरियोस’।

कक्षा १२ सम्म संस्कृत विषयलाई अनिवार्य रुपमा पठनपाठन गरिनुपर्छ -अध्यक्ष महेश सिंह(राप्रविसं)

काठमाडौं -राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष महेश बहादुर सिंहले संस्कृत शिक्षा तथा नैतिक शिक्षालाइ कक्षा १ देखि १२ सम्म अनिवार्य रुपमा लागू गर्नुपर्ने मा जोडदिएका छन् । सरकारले कक्षा१ देखि ८ सम्म ऐच्छिक रुपमा सस्कृत शिक्षा लागू गर्ने निर्णय लाई स्वागत योग्य भन्दै उक्त निर्णय कार्यन्वयन गर्न माग राखेका छन् । उनले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै सो माग राखेका हुन।

संस्कृत शिक्षा पठनपाठन गर्ने कुरा सरकारको  सकरात्मक कदम भन्दै उहांले भन्नुभयो -“कक्षा १ देखि  १२ सम्म संस्कृत  र नैतिक शिक्षा अनिवार्य विषयका रुपमा पठनपाठन गराउनु पर्छ”।

राप्रविसंले बिगत देखि नै निरन्तर यो विषयमा आवाज उठाइरहेको छ।  बिश्व का ठुलाराष्ट्र अझ प्रबिधी र विज्ञान, बिकासका कारण बिश्व मा शक्ति सम्पन्न राष्ट्रहरु अमेरिका , बेलायत , जर्मनी भारत, आष्ट्रेलिया लगाएत देशहरुमा संस्कृत शिक्षा को महत्व बढेको छ। र उनिहरुले आफ्नो स्कुल, कलेज विश्वविद्यालय हरुमा पठनपाठन सुरु गरिरहेका छन् । नाशा जस्ता विश्वका प्रमुख आविस्कार केन्द्र ले संस्कृत को महत्व देखेर नै यस बारे खोज अनुसन्धान र प्रयोग गरिरहेको छ , जिवन पद्धति , नैतिकता , आचरण झल्काउने , भाषिक शुद्धता , शब्द उच्चारण को शुद्दता , शरीर को इन्द्रियहरुको सक्रिय , आदि विभिन्न कारणले विश्वकै उत्कृष्ट भाषा को रुपमा रहेको संस्कृत भाषा र संस्कृत शिक्षालाइ नेपालले नि  अनिवार्य शिक्षा प्रयोगमा नल्याउनु आफैंमा खेदजनक छ।

अध्यक्ष महेश बहादुर सिंह ले भन्नुभयो-” सरकारले १ देखि ८कक्षा सम्म एेक्षिक रुपमा पठनपाठन गराउन सकिने कार्यको सकरात्मक सुरुवात गरेको छ र राप्रविसं यसको स्वागत गर्दछ,संस्कृत संसारकै पुरानो र उत्कृष्ट भाषा जसको निर्माण पुर्विय सभ्यता संग पनि जोडिएको छ , जुन हाम्रो पहिचान पनि हो , तसर्थ आंशिक वा एैक्षिक रुपमा हैन , कक्षा १ देखि माध्यमिक तह सम्म देशैभर अनिवार्य शिक्षा को रुपमा र विश्वविद्यालय तहमा एेक्षिक रुपमा पठनपाठन गराउन सरकार ले उचित कदम चाल्नु पर्ने बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here