नेकपा सचिवालय बैठक सुरु : समिकरण फेरियो ओली बहुमतमा हुनसक्ने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ।

पार्टी भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ शनिबार सचिवालय बैठक सुरु भएको हो। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि अन्य सचिवालयसँगै राखिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी शनिबारको सचिवालय बैठकमा भने फेरि ओलीसँगै राखिएको छ।

शनिबारको बैठक पार्टीका आन्तरिक अप्ठ्यारालाई किनारा लगाउन निर्णायक हुने अनुमान गरिएको छ।  बैठकमा सचिवालयका सबै सदस्य उपस्थित छन्। बैठकअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका थिए।

नेतासँगको भेटपछि बैठक अघि प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए।

शनिबारको प्रधानमन्त्रीको तिब्र भेटवार्तापछि सचिवालय बैठकबाट फेरि ‘सरप्राइज’ निर्णय आउने देखिएको छ । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतम, महासचिव पौडेल, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य बादलसँगको छलफलपछि प्रधानमन्त्री र पार्टी अध्यक्षमा आफ्नै निरन्तरता दिने बाटो खेलेका छन् ।

अघिल्लो सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि ठोस छलफल गर्न नेकपा सचिवालयको बैठक शनिबार बोलाइएको थियो। अर्का अध्यक्ष प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले गौतमलाई प्रधानमन्त्री बनाउने आफ्नो प्रस्ताव कार्यान्वयनको योजना शनिबारको बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर शनिबारको भेटवार्ताले त्यो समिकरण तोडिएको देखाएको छ ।

थप समाचार पनि  हेर्नुहोस् 

 

वीरगन्ज : वीरगन्ज महानगरपालिका- १४ मा महानगरले राहतमा  पठाएको चामल गुणस्तरहीन भेटिएको गुनासो आएपछि बिहीबार स्थानीय प्रशासनसहितको टोलीले गोदाममा छापा मारेको छ ।

प्रमुख जिल्ला अधिकारी ललीत बस्नेत नेतृत्वको अगुगमन टोलीले बिहीबार वडा नम्बर १४ को गोदाममा छापा मारेको हो भने टोलीले गोदाममा भण्डारण गरी राखिएका चामलको नमूना संकलन गरी परीक्षणका लागि जनकपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालमा पठाएको छ ।

गोदाममा रहेका ९ सय ५० किलो चामल मध्ये केही बोराबाट नमूना संकलन गरी परीक्षणका लागि जनकपुर पठाइएको बस्नेतले जानकारी दिएका छन्  । वडा नम्बर १४ मा राहतको लागि पठाइएको मध्ये केही बोराको चामल गुणस्तरहीन भएको र केही बोरामा कम तौल चामल रहेको गुनासो आएपछि बिहीबार अगुमन गरिएको बस्नेतले जानकारी दिए । अगुगमनका क्रममा बोरामा चामलको तौल कम भएको भने पाइएन, उनले भनेकाछन, ‘ गुणस्तरहीन रहेको गुनासोको सवालमा भने केही बोराको चामलको नमूना संकलन गरी परीक्षणका लागि जनकपुर पठाएका छौं। ‘-उनले भने ।

महानगरले वडा नम्बर १४ राहतमा बाँड्न पठाएको ९ सय ७५ केजी चामल मध्ये केही बेराको चामल गुणस्तरहीन रहेको र केही बोरामा अंकीत तौल भन्दा कम तौल चामल भेटिएपछि वडा अध्यक्ष भरतप्रसाद कुर्मीले बिहीबार राहत वितरण समेत रोकेका थिए ।

बिहीबार राहत वितरणका लागि चामलको बोरा खोलेर झोलामा प्याकिङ गर्ने क्रममा न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट महानगरपालिकाले खरिद गरेको ९ सय ५० किलो चामल मध्ये केही बोरा भित्रको चामलमा भने डल्लो परेको भेटिएको थियो ।

केही बोरामा भने ३० किलो लेखिएको भएपनि तौल गर्दा २५ किलो मात्रै चामल भेटिएको वडा अध्यक्ष कुर्मीले बताएका छन् । चामलको बोरा खोलेर प्याकिङ गर्ने क्रममा केही बोरामा चामल डल्ला परेको देखियो, उनले भने, ‘केही बोरामा उत्पादन मिति पनि थिएन, तौलमा पनि कम थियो ।’

राहत वितरणको अनुगमन गर्न महानगरपालिकाले गठन गरेको अनुगमन समितिका संयोजक अरविन्द गुप्ताले वडा नम्बर १४ मा पठाइएको चामल मध्ये ३ बोरामा मात्रै चामल डल्लो परेको भेटिएको बताएका छन्  ।अन्य वडाबाट कुनै गुनासो अहिलेसम्म नआएको उनले बताएका छन् ।

उच्चस्तरीय छानबिन समिति गठन
महानगरका नगरप्रमुख विजय सरावगीले भने वडा नम्बर १४ मा खराब भेटिएको चामल उद्योगलाई फिर्ता गरेर गुणस्तरीय चामल ल्याउने व्यवस्थापन मिलाइएको बताएका छन्  ।  पानी परेकै बेला ट्रकमा लोड गर्दा बोरामा पानी पसेको हुनसक्छ । उनले भनेकाा छन- ४/५ सय टनमध्ये ३ बोरामा चामलमा मात्रै समस्या देखिनु कुनै ठूलो कुरा होइन ।

यस विषयमा छानबिन गरी सत्य तथ्य बुझ्नका लागि महानगरको सामाजिक विकास महाशाखा प्रमुख अधिकृत अरुण कुमार महत्तोको नेतृत्वमा ३ सदस्यिय उच्चस्तरीय छानबिन समिति गठन गरिएको नगर प्रमुख सरावगीले बताए ।

महानगरले पठाएको ब्राण्ड बाहेकको अन्य ब्राण्डको बोरामा समस्या देखिएको छ, उनले भने, ‘यो विषयमा पनि छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउँछ। कुनै  वडामा राहत लाने नबाँड्ने बेचेर खाको समेतको गुनासो आएको छ, यी र यस्ता सबै गतिविधिलाई अब छानविनको दायरामा ल्याउँछौं।’-उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here