कोरोना भाइरसः नेपालमा थप १० जनामा सङ्क्रमण पुष्टि

भक्तपुर – नेपालमा आज एकैदिन थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङक्रमितको सङ्ख्या ६९ पुगेको हो ।

बिरगंज मा एक  र  नेपालगञ्जमा नौ  गरी दशजना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वीरगञ्जमा ३६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो भने नेपालगञ्जमा पाँच पुरुष र चार महिला सङ्क्रमित भएको पुष्ठि भएको छ ।उनीहरू  ७ देखि ५७ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा  बताएका छन् ।

नेपालगञ्जमा सङक्रमित नौ जनालाई उपचारका लागि अस्पताल ल्याउने क्रममा रहेको समेत प्रबक्ता डा. विकास देवकोटाले जानकारी दिए । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,७४४ जनाको परीक्षण गरिएको छ भने र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,९८८ जनाको परीक्षण सम्पन्न भएको जनाइएको छ।

गत २४ घण्टामा १,५७९ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले उक्त पत्रकार सम्मेलनमा बताए । २१,७८० क्वारन्टीनमा रहेको र ७७ जना आइसोलेशनमा रहेको पनि डा. देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

सम्बन्धित समाचार

अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु

वासिङ्टन– अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा  आज मात्र  ९८ जनाको कोरोना भाईरसका कारण मृ,त्यु  भएको जनाइएको छ । मृ,त्यु को कारण पनि कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले  जानकारी दिएका हुन् ।

 

न्युयोर्कका मेयर बिल डे ब्लासियोले भने – ‘यो अत्यन्त हृदय विदारक छ, अपूरणीय क्षति भएको छ, असंभव र अकल्पनीय घटना भएको छ, मैले पत्याउन सकिरहेको छैन,’ । एउटै नर्सिङ होममा यति धेरै मानवीय क्षति भएको सायद यो अमेरिकाकै पहिलो घटना भएको उनले बताएका छन् । मृत्यु भएका मध्ये १३ जनाको  शुक्रबार मात्रै मृत्यु भएको नर्सिङ होमद्धारा जारी वक्तव्यमा भनिएको छ ।

नर्सिङ होममा मृत्यु भएकाहरुको  अन्त्येष्टि पनि अझै गरिएको छैन । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने डरले उनीहरुको शवको अहिले यत्तिकै राखिएको हो ।

अमेरिकाको न्युयोर्कलाई कोरोनाभाइरसको केन्द्र विन्दु मानिएको छ । कोरोना भाइरस फैलिन थालेदेखि नै न्युयोर्कमा संक्रमित हुने र मृत्यु हुनेको संख्या अत्यधिक बढिरहेको छ । अमेरिका अहिले कोरोना भाइरसका कारण सवैभन्दा धेरै मानवीय क्षति हुने र संक्रमित हुने देशको सवैभन्दा अग्रस्थानमा पनि रहेको छ ।

शनिबार दिउसोसम्मको विवरण अनुसार अमेरिकामा कुल ६५ हजार ७७६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै २३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल संक्रमितको संख्या ११ लाख ३१ हजार ४९२ पुगेको छ । ती मध्ये एक लाख ६१ हजार ५६३ जना भने संक्रमणमुक्त भएका छन ।

अमेरिकामा अहिलेपनि देशभरी नौ लाख चार हजार २३० जना सङ्क्रमित अवस्था मै रहेका छन् । ती मध्ये १६ हजार ९६० जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

विश्वभरी कुल संक्रमितको संख्या भने ३४ लाख १७ हजार २७ रहेको बेला कुल मृतकको संख्या दुई लाख ३९ हजार ९७९ रहेको छ ।

 

सम्बन्धित समाचार

७ जेठ, रामेछाप  ।
स्वास्थ्य मन्त्रालयले रामेछापका एक जनामा कोरोना संक्रमति भएको पुष्टि गरेपनि संक्रमित भनिएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित एक युवकले आफूलाई कोरोना संक्रमित नभएको बताएका  छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयले हिजो राती उनको ठेगानको पहिचान गरेर राती नै राकाथुममा पुगेर उनको परिवारका ८ जना र छिमेकी गरी १५ जनाको स्वाब संकलन गरेर थप परीक्षणको लागि काठमाडौं पठाएको छ ।

रातोपाटी मिडिया संग कुराकानी गर्दै कोरोना संक्रमित भनिएको अशोक श्रेष्ठले (नाम परिर्वतन) भन्नुभयो,‘मलाई कोरोना संक्रमण छैन , उनले भने-‘ टेकुमा परीक्षण गर्न गएको हुँ, हिजो अस्पताले फोन गरेर तपाईलाई कोरोना छैन भनेर खबर गरेको थियो, अहिले म कोठामै रहेको छु ।

तपाईले किन रिपोर्ट पोजेटिभ भएको छ भनेर प्रशासनलाई  भन्नुभएको  भन्ने जिज्ञासामा उहाँले थप्नुभयो-,‘मैले झुक्किएर नेगेटिभ भन्नु पर्ने पोजेटिभ भनेछु, अब होइन भनेर खबर गर्नु पर्ला ।’

तपाईलाई ज्वरो आउने कुनै समस्याले परीक्षण गर्न जानु भएको हो भन्ने प्रश्नमा उहाँले घरबेटीले घरमा बस्न कोरोना परीक्षण गराउनु पर्ने आग्रह गरेपछि आफू टेकु अस्पताल गएर आएको बताउनु भएको छ । उहाँले आफूलाई  ज्वरो आउने खोकी लाग्ने केही पनि नभएको बताउदै आफू स्वास्थ्य रहेको दावी समेत गर्नुभएको छ ।
आफ्नो बारेमा चर्चा भएको थाहा पाएको बताउदै आज टेकु अस्पताल गएर पुनः परीक्षण गराउने उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला स्वास्थ्य कार्यालय रामेछापले भने स्वास्थ्य मन्त्रालयको दिएको जानकारी अनुसार नै राती नै संक्रमित व्यक्तिको घरमा पुगेर स्वाब संकलन गरेर काठमाडौं पठाएको जानकारी गराएको छ  ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले हिजो बेलुका नै संक्रमित भनिएका व्यक्तिको परिवार र अन्य छिमेकीको स्वाब परीक्षण गरेर काठमाडौ पठाएको जानकारी दिएका छ्न् । उहाँका अनुसार संक्रमित भनिएका व्यक्तिले आफूलाई कोरोना भाइरस नभएको दावी गर्दै आएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here